नेपाल हाइड्रोका ठूला सेयरधनीमा पशुपति मुरारका, आनन्द पोखरेलदेखि लुम्बिनी विकास बैंकसम्म
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर कम्पनीको ठूला सेयरधनीमा १२ व्यक्ति तथा कम्पनी रहेका छन् ।
कम्पनीमा सबैभन्दा बढी सेयर स्वामित्व कुमुद कुमार दुगड र पशुपति मुरारकाको रहेको छ । कम्पनीमा दुगडको ३ लाख ३६ हजार ९७६ कित्ता अर्थात ९.३७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै मुरारकाको पनि ३ लाख ३६ हजार ९७६ कित्ता अर्थात ९.३७ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीमा देव कृष्ण मुन्डराको १ लाख ९७ हजार ४२९ कित्ता अर्थात ५.४९ प्रतिशत, विकास दुगडको १ लाख ९६ हजार २३८ कित्ता अर्थात ५.४६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै कम्पनीमा शिशिर कुमार मुरारकाको १ लाख ७१ हजार २४० कित्ता अर्थात ४.७६ प्रतिशत, ज्ञानु माया भण्डारीको ९१ हजार ८९९ कित्ता अर्थात २्५६ प्रतिशत, आनन्द प्रसाद पोखरेलको ८४ हजार ५५२ कित्ता अर्थात २.३५ प्रतिशत, खुस्बु इन्भेष्टमेन्ट प्रालिको ७२ हजार ५४८ कित्ता अर्थात २.०२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै उपेन्द्र सिग्देलको ५६ हजार ९५२ कित्ता अर्थात १.५८ प्रतिशत, भरत रेग्मीको ५० हजार ३९९ कित्ता अर्थात १.४० प्रतिशत, उशा भुसालको ४२ हजार ३१० कित्ता अर्थात १.१८ प्रतिशत र लुम्बिनी विकास बैंकको ३६ हजार १३३ कित्ता अर्थात १.०१ प्रतिशत रहेको छ ।