सेयर बजारमा सामान्य सुधार, ६ अर्ब ४० करोडको कारोबार




काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ६.५३ अंकले बढेर परिसूचक २६५३.३८ बिन्दु कायम भएको छ ।

३०५ कम्पनीको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७८४ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ ।

कारोबारमा कारोबारमा विकास बैंक, वित्त कम्पनी, जलविद्युत, जीवन बिमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।

कारोबारमा समृद्धि फाइनान्स, सिन्धु विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा न्यादी हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २२ करोड ५३ लाख ४९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा सिन्धु विकास बैंक र सुपर मादी हाइड्रोपावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु