जस्मिन पेन्ट्सले आईपीओ निष्कासन गर्ने
काठमाडौं । जस्मिन पेन्ट्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रतिकित्ता सय रुपैयाँका दरले ५ करोड रुपैयाँको ५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ ।
आईपीओ निष्कासन गर्न लागेको कम्पनीले सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
जस्मिन पेन्ट्सका कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
जस्मिन पेन्ट्स मनकामना समुह अन्तर्गत स्थापित रंग उत्पादक गर्ने कम्पनी हो । विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरिरहेको छ ।