सार्वजनिक सवारी साधनको भाडा बढ्यो, अब कहाँ पुग्न कति लाग्छ ?
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका सवारी साधनको यात्रु भाडा दर बढाएको छ ।
विभागले सोमबारदेखि लागु हुने गरी यात्रुवाहक सवारी साधनमा ३.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ०८१ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ०.०५ प्रतिशतले भाडा दर वृद्धि गरेको छ ।
विभागले पछिल्लो समयमा इन्धनको मूल्य बढेकाले भाडा दर समायोजन गरिएको जनाएको छ । सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत हुन्छ । इन्धनको मूल्य ५ प्रतिशतको घटवढ हुँदा भाडा दर समायोजन गर्नुपर्ने मापदण्ड छ ।
यसअघि २०८० साउन ३१ गते भाडा समायोजन गरिएको थियो ।
कहाँको भाडा कति बढ्यो ?