सेयर बजारमा सामान्य सुधार, तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ५.३२ अंकले बढेर परिसूचक २५९१.५६ बिन्दु कायम भएको छ ।
३२७ कम्पनीको ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर ४ अर्ब ८६ करोड २ लाख १ हजार ९७४ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ, वित्त, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूहको उपसूचक घटेको छ भने बाँकी अन्य समूहको उपसूचक बढेको छ ।
कारोबारमा उपकार लघुवित्त, दोर्दी खोला जलविद्युत कम्पनी, ग्रिन भेन्चर्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा जानकी फाइनान्स अग्रस्थानमा रहेको छ । कम्पनीको १९ करोड ९ लाख ४९ हजार ९७७ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा रिभर फल्स पावर र रसुवागढी हाइड्रोपावर कम्पनी रहेको छ ।