५० मेगावाटको दाना खोला जलविद्युतमा लगानी जुट्यो, सानिमा बैंकको नेतृत्वमा ८ अर्ब ८७ करोड लगानी



काठमाडौं । लालुपाते हाइड्रोपावर कम्पनी प्रालिले प्रवर्धन गर्न लागेको ४९.९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनामा लगानी जुटेको छ ।

सानिमा बैंकको नेतृत्वमा आयोजनाको फाइनान्सियल क्लोजर भएको हो । शुक्रबार एक कार्यक्रमबीच फाइनान्सियल क्लोजर भएको हो । उक्त सम्झौतामा सम्झौतामा प्रवर्द्धकहरुको तर्फबाट लालुपाते हाइड्रोपावरका कार्यकारी अध्यक्ष मोहन डाँगी र नेतृत्वकर्ता सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हस्ताक्षर गरे ।

यो आयोजनामा कन्सोर्टियम फर्मको नेतृत्व गरिरहेको सानिमा बैंकले १ अर्ब ९७ करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब रुपैयाँ, राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब, कृषि विकास बैंकले १ अर्ब, एचआईडीसीएलले १ अर्ब, नेपाल एसबिआई बैंकले १ अर्ब गरी कुल ८ अर्ब ४७ करोड रुपैयाँ लगानी गर्नेछन् ।

यो आयोजनाको जम्मा लागत  ९ अर्ब  ९६ करोड रुपैयाँ छ । यसमा बैंकहरुबाट  ७४७ करोड (७५ प्रतिशत) र प्रवर्धकहरुबाट २४९ करोड (२५ प्रतिशत) व्यवस्थापन गरिएको छ । प्रर्वधकहरुबाट स्वपुँजीको रुपमा लगानी गरिने २४९ करोड रुपैयाँको १० प्रतिशत वा २४.९ करोड रुपैयाँ स्थानीयको लागि सेयर जारी गरिनेछ भने सर्वसाधारणको लागी स्वपुँजीको २० प्रतिशत वा रु४९.८ करोड रुपैयाँको सेयर जारी गरिने छ ।

लालुपाते हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहन डाँगीले समयमा बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले पूर्व तयारीका काम लगभग पूरा भएकाले आगामी ३३ महिना १४ दिन अगावै आयोजनाले व्यवसायिक उत्पादन गर्ने दाबी गरे ।

यो आयोजना मनाङ जिल्ला नासोँ गाउँपालिकामा रहेको दाना खोला) को पानी प्रयोग गरि यो आयोजना निर्माण गर्न लागिएको छ । यो आयोजनामा पुग्नको लागी काठमाण्डौ- मुगलिङ्ग – डुम्रे – बेशीसहर-ताल हुदै खोत्रो भन्ने स्थानमा पुगिन्छ । जहाँ यो आयोजनाको पावर हाउस  छ । काठमाडौंबाट २५५.८ किलोमिटरको दुरीमा रहेको पावर हाउस स्थलमा सरदर ८ घण्टाको नीजि गाडिको यात्रामा पुग्न सकिन्छ । नासोँ गाउँपालिका- २, ३ र ५ मा यो आयोजना अवस्थित रहेको छ । जसमा नासोँ-२,नाँचै मुख्य प्रभावित क्षेत्र हो ।

दाना खोला जलविद्युत आयोजनाको बाँध स्थल समुद्री सतहबाट २८२१.५ मिटरको उचाइमा छ । सो बाँध लगत्तै २ वटा इन्टेक हुँदै दाना खोलाको पानी भूमिगत डिसेन्डरमा प्रवेश गर्छ जसको आयाम १००७१२.३ मिटर छ । डिसेन्डरबाट ३ किलोमिटर हेडरेस सुरुङ्ग हुदै पानी १.६ किलोमिटर पेन्स्टक सुरुङमा प्रवेश गर्छ ।

हेडरेस र पेन्स्टकको बीच २४० मिटर लम्बाईको सर्ज सुरुङ रहने छ । पेन्स्टक पश्चात भूमिगत विद्युतगृह र भुमिगत स्वीचर्याड रहने छ । विद्युतगृह समुन्द्री सतहबाट १८२५ मिटरमा रहेको छ । जसमा ३ वटा पेल्टन टर्वाइन रहने छन र पानी ४१५ मिटर टेलरेस सुरुङ हुँदै मर्स्याग्द खोलामा छोडिनेछ । यो आयोजना शतप्रतिशत भुमिगत हुनेछ ।

यसरी स्थानीय र सर्वसाधारणबाट ७४. ७ करोड संकलन गरेर बाँकी रहने स्वपुँजी १७४.३ करोड संकलन गरिनेमा हाल सम्म लगभग १०० करोड संकलन गरी ८३ करोड खर्च भएको छ ।


क्लिकमान्डु