रास्वपाले संविधान संशोधनबारे दलको धारणा तय गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ।

शनिबारबाट काठमाडौँमा सुरु भएको केन्द्रीय समितिको बैठकले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको हो।

बैठक आजबाट सुरु भएको र आइतवारसम्म सञ्चालन हुने पार्टीका सांसद गणेश पराजुलीले जानकारी दिए। उनका अनुसार बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषयका बारेमा पनि छलफल हुनेछ।

साथै पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक दलहरुबाट प्रतिशोध साधिएकोबारेमा पनि छलफल हुने उनको भनाइ छ। जनपक्षीय मुद्दालाई सशक्त रुपमा अघि बढाउनेबारेमा पनि छलफल हुने उनले बताए।

बैठकमा संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा पनि छलफल हुनेछ।


क्लिकमान्डु