पत्रकार पुडासैनीको उपचारको क्रममा निधन




काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा निधन भएको छ ।

हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको बताइए पनि घटना शंकास्पद देखिएको परिवारका सदस्यले बताएका छन् । प्रहरीले यो घटनाबारे थप अनुसन्धान थालेको छ । पुडासैनी सरस्वती नगरमा रहेको डेरामा एक्लै बस्दै आएका थिए ।

प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाईन पत्रिकामा कार्यरत थिए । उनले यसअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायतका सञ्चार माध्यमामा काम गरेका थिए ।


क्लिकमान्डु