निकासी पैठारी संघमा नेतृत्वमा अग्रवाल



काठमाडौं । शिवकुमार अग्रवालको अध्यक्षतामा नेपाल समुद्रपार निकासी पैठारी संघको गठन भएको छ । आइतबारसम्पन्न संघको ४४औं वार्षिक साधारण सभाबाट अग्रवालको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयनभएको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिलकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा गौरव शारदा र महासचिवमा जयन्तकुमार अग्रवाल चुनिएकाछन् ।

सचिवहरुका प्रथम सचिवमा स्वातीरुंगटा अग्रवाल, द्वितिय सचिवमा विष्णुकुमार जोशी र कोषाध्यक्षमा ऋषिराजमोर चुनिएका छन् ।

आकाश गोल्छा, कुमारबहादुर कार्की, गोविन्दलाल संघई, दिपेशखेतान अग्रवाल, निर्मल पौडेल, प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, बसन्त अग्रवाल, मदन मित्तल, मयंक केडिया, रामचन्द्र खेतान, विमलसिद्धार्थ वैद, सुमितकुमार वंशल र संजय अग्रवाल सर्वसम्मतिबाट चुनिएका छन् ।

अध्यक्ष शिवकुमार अग्रवालले अभिनव चुरिवाल, पंकल जालान, रुपाली सिकारिया र डिल्लीरत्न तुलाधरलाई कार्यसमितिमाम नोनीत गरेकाछन् । संघको विधानमा कार्यसमितिमा २० जना सदस्य प्रत्यक्ष निर्वाचनाबाट र चारजना सदस्य अध्यक्षले निर्वाचित कार्यसमितिको परामर्शमा मनोनीत गर्ने प्रावधान छ ।


क्लिकमान्डु