दिपालको ई जेरो सेभेन एसयुभी कार नेपालमा आउने, १ करोड ४ लाख तोकियो मूल्य



काठमाडौं । ‘दिपाल ई जेरो सेभेन’ ( DEEPAL E07) कार नेपालमा आउने भएको छ ।

चांगन नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लुवृद्धिले अटोकर्पले ‘दिपाल ई जेरोसेभेन’ बजार छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले भन्सार प्रयोजनका लागि १ करोड ४ लाख रुपैयाँ अधिकतम खुद्रा बिक्री मूल्य तोकेको छ ।

एमएडब्लुले अहिले नेपाली बजारमा एस जेरो सेभेन (S07) र एल जेरो सेभेन (L07) बिक्री गर्दै आएको छ । एस जेरो सेभेन एसयुभी र एलजेरो सेभेन सेडान कार हो ।

ई जेरो सेभेन एसयुभी कार हो ।

यो कारले फुल चार्जमा ६४० किमीसम्म रेन्ज दिन सक्छ । ८९.९ किलोवाट आवर क्षमताको ब्याट्री छ । १९० किलोवाट पावरको ब्याट्री छ ।


क्लिकमान्डु