बाजुरामा ५.२ म्याग्नेच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी



बाजुरा । बाजुरामा शनिबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बाजुरीको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकास्थित गोत्री केन्द्रविन्दु भएर बिहान ४.१४ बजे ५.२ म्याग्नेच्युटको भूकम्प गएको हो ।

भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।

पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको थियो । भूकम्पको असर नेपालसहित भारत र चीनसम्म परेको बताइएको छ ।


क्लिकमान्डु