काठमाडौं । विदेशी नागरिकले अपाटेमन्ट तथा हाउजिङ खरिद गर्ने व्यवस्था गर्न सरकारी समितिले सुझाव दिएको छ । जग्गा तथा आवास समस्या सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१’ले विदेशी नागरिकलाई संयुक्त र सामूहिक आवास किन्ने व्यवस्था गरिदिन आवश्यक कानूनी व्यवस्था गरेर सहजीकरण गर्नसमेत सुझाव दिएको छ ।
यसका लागि संयुक्त आवासा भवनमा प्रस्तावित कुल आवास इकाईको निश्चित प्रतिशत सख्या तोकेर गैरआवासिय नेपालीलाई बिक्री गर्न सकिने व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिएको छ । यस्तो सुझाव कार्यान्वयन गर्न संयुक्त आवासको स्वामित्व ऐन र अन्य सम्बन्धित कानूनमा नै यस सम्बन्धी व्यवस्था गर्नुपर्ने हुन्छ ।
सरकारले संयुक्त आवासको विकास गरी सुपथ आवास इकाइहरु सुलभ ढंगबाट बिक्री वितरण गरेर विद्यमान आवास समस्याको समाधान गर्नुपर्ने सुझाव कार्यदलको छ । यसका लागि संयुक्त आवास ऐन २०५४ लाई संशोधन गर्ने तथा कर छुटकोसमते व्यवस्था दिनुपर्ने सुझाव अध्ययन समितिको छ । सरकारले संयुक्त आवास भवन बेचविखनमा २०६८ सम्मका लागि मात्रै कर छुट दिएकोले यो व्यवस्थालाई कानूनी रुप दिनुपर्ने सुझाव अध्ययन समितिको छ ।
प्रतिक्रिया