बिमालेख पुनर्जागरणका लागि सन नेपाल लाइफको ७५% सम्म ब्याज छुट



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले यही पुस १ देखि पुस २६ गतेसम्मका लागि बिमालेख पुनर्जागरणका लागि ७५% सम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो छुट अभियानले ग्राहकको बिमालेख पुनर्जागरण गर्दै उनीहरुको सुरक्षालाई निरन्तरता दिनेछ ।

यस्तै आर्थिक समस्याले बिमालेख सक्रिय राख्न नसक्ने ग्राहकलाई यस अभियानमार्फत् पुन बिमाको दायरमा ल्याउने बताइएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले यस छुट अभियानमार्फत ग्राहकहरूलाई आर्थिक सुरक्षाको निरन्तरता दिने र जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको छ।

यस अभियानका मुख्य उद्देश्यहरू यस्ता छन्-

-आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने
-आफ्ना ग्राहक र उनीहरूका परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने
– ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उहाँहरूको सुरक्षालाई निरन्तरता दिने
– ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने


क्लिकमान्डु