बागमती किनार पुगेर शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु
काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित बागमती नदी किनारमा आत्मदाह गरेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । चितवन, रत्ननगर नगरपालिका–१२ की ३८ वर्षीया कमला आचार्यको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
प्रहरीका अनुसार आचार्यले शनिवार बा.३५ प ५८१८ नम्बरको स्कुटरमा किराँतचोक पुगेपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनी परिवारसँग बौद्धस्थित नारायणटारमा बसोबास गर्थिन्।
घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकव छ । प्रारम्भिक जानकारी अनुसार, घटना व्यक्तिगत तनावसँग सम्बन्धित हुनसक्ने अनुमान गरिएको छ।
घटनाबारे थप पत्ता लगाउन लागिरहको प्रहरीले जनाएको छ ।