चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य, बोपराको अर्धशतक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२० रन बनाएको हो ।
चितवनका लागि रवी बोपराले ४० बलमा ७ चौका र १ छक्का सहित ५९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान कुशल मल्लले २३ रन बनाए । कर्णालीका लागि विपिन शर्माले तीन विकेट लिए । त्यस्तै जिसन मक्सुदले दुई विकेट लिए ।
चितवन आजको खेलमा जित्दै लगातार तेस्रो जित निकाल्ने योजनामा छ । यता कर्णाली पहिलो जितको खोजिमा छ ।