भुटानका राजा नेपालमा, परराष्ट्रमन्त्री आरजुले विमानस्थलमा गरिन् स्वागत (तस्बिरहरु)



काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक नेपाल आएका छन् ।

उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । राजा वाङ्चुकलाई स्वागत गर्न परराष्ट्र मन्त्री आरजु राणा देउवा विमानस्थल पुगेकी थिइन्। भुटानी राजा जिग्मे स्वयम्भू र बौद्धनाथको दर्शन गरेर आजै भारत जाने कार्यक्रम छ ।

भारत भ्रमणमा आएका उनीहरू भुटान फर्किने क्रममा ‘ट्रान्जिट भिजिट’ का रूपमा काठमाडौं अवतरण गरेका हुन् ।

उनको यो भ्रमण राजनीतिक सामाजिकभन्दा पनि ‘धार्मिक र नितान्त व्यक्तिगत’ भएको बताइएको छ।

तीन चार घण्टाको भ्रमणमा कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम नरहेको बताइएको छ ।

केहीअघि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा गएका थिए ।

उनको यो कुनै औपचारिक नेपाल भ्रमण भने होइन । उनी भारत भ्रमणका क्रममा ट्रान्जिटका लागि करिब मात्र एक–दुई घण्टा नेपालमा रहनेछन् ।

भुटानी जिग्मे राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

भुटानी राजाको भ्रमणबारे भारतको विदेश मन्त्रालयले औपचारिक घोषणा गरिसकेको छ ।

चीन र भुटानबिच सीमा विवाद रहेको छ । सो विवादमा भारतमा जोडिएको छ । सोही सीमा विवादको विषयमा कुराकानी गर्नका लागि भुटानी राजा जिग्मे भारत भ्रमणमा जान लागेको बताइएको छ ।


क्लिकमान्डु