नवनिर्वाचित वडाध्यक्ष कर्तव्य ज्यान मुद्दामा पक्राउ



काठमाडौं । यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा निर्वाचित वडाध्यक्ष हत्या आरोपमा पक्राउ परेका छन् । बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साह पक्राउ परेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित साहलाई पदभार ग्रहण समारोहबाटै सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले कर्तव्य ज्यान मुद्दामा उनलाई पक्राउ गरिएको जनाएको छ ।

साहमाथि डाकनेश्वरीमै २ जनाको हत्याको आरोप थियो । अदालतले परमादेश जारी गरेको आधारमा साहविरद्ध मुद्दा चलाइएको हो । प्रहरीले भने उनलाई नियन्त्रणमा लिएपछि अनुसन्धान गरिरहेको जनाएको छ ।


क्लिकमान्डु