राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेललाई प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. धनश्याम भूसालले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको जानकारी दिएका छन्।
“सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु,” प्राध्यापक डा. गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।