कीर्तिपुरमा कांग्रेसका डंगोल विजयी, एमाले तेस्रो
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
सुरूदेखि नै अगाडि रहेका कांग्रेसका कृष्णमान डंगोलले ५३३४ मत ल्याएर जित हात पारेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४५५५ मत प्राप्त गरे।
त्यस्तै, नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४३३७ मत ल्याए।
स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २०३६ मत, कविकुमार महर्जनले १३१४ मत, र दिनेशकुमार अधिकारीले १०४८ मत पाएका छन्।
यसअघि मेयर पदमा नेपाली कांग्रेसकै राजकुमार नकर्मी विजयी भएका थिए। उनले ९०४३ मत प्राप्त गरेका थिए।