डोटीको पूर्वीचौकीमा कांग्रेस विजयी, रास्वपा उम्मेदवार चौथो



काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ । मंसिर १६ गते भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा ४६८ मत ल्याउँदै विजयी भए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले भने ३०१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । यस्तै नेकपा माओवादी केन्द्रका देवीलाल थापाले ३६ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार जनकी खड्का कुँवरले ३१ मत प्राप्त गरिन् ।

पूर्वीचौकी गाउँपालिकाको वडा नं ६ मा २०७९ को निर्वाचनमा पनि कांग्रेसले जितेको थियो ।


क्लिकमान्डु