पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ बढाएको छ ।
निगमले शनिबार मध्य रातिबाट लागु हुने गरी पेट्रोलको साविकको मूल्यमा १ रुपैयाँ बृद्धि गरेको हो ।
भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर १, हवाई इन्धन आन्तरिकतर्फ २ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर १५ अमेरिकी डलर मूल्य बढाएको छ ।
मूल्य समायोजन पश्चात अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ कायम भएको छ । यस्तै चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र बीरगञ्जमा प्रतिलिटर १५७.५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै सुर्खेत र दांगमा प्रतिलिटर १५९ रुपैयाँ कायम गरिएको छ ।