मनकामना केवुलकार २७ वर्षमा: साढे १३ लाख यात्रुलाई सेवा दिने लक्ष्य
काठमाडौं । मनकामना केवुलकार सेवा सुभारम्भको २६ औं वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्षमा प्रवेश गरेको उपलक्ष्मा आगामी वर्षहरूमा अरू स्तरीय सेवा दिने प्रतिवद्धता कम्पनीले जनहेर गरेको छ ।
केवुलकार सञ्चालनम आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरीका क्षेत्र भारत लगायत विश्वभरमा नै एक प्रमुख गन्तब्यका रूपमा स्थापित भैसकेको छ ।
२६ वर्ष पुगिसकेको एनलग प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाइ हुने स्थितिलाई मध्यनजर गर्दै डिजिटल प्रणालीमा स्तरोन्नति गरिएको कम्पनीले जनाएको छ ।
साथै मनकामनामा केवुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । यो रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट संचालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तब्य बनाउने आफूहरुको लक्ष रहेको कम्पनीले जनाएको छ।
सञ्चालनम आएपछि मनकामनामा शुरूवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।
यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको कम्पनीले लिएको छ ।
मनकामना केबलकार व्यवसायी लक्ष्मण बाबु श्रेष्ठले स्थापना गरेका हुन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएको जनाएको छ ।