अर्बपति गौतम अदानी पक्राउ पर्लान ? : उनीमाथि साढे ३३ अर्ब घुस दिएको आरोप, अमेरिकी अदालतबाट पक्राउ पूर्जि जारी
काठमाडौं (एजेन्सी) । भारतको अदानी समूहसम्बन्धी एउटा विवाद बाहिर आएको छ ।
अमेरिकी लगानीकर्ताहरुले भारतीय अर्बपति गौतम अदानी र उनको कम्पनीसँग सरोकार राख्ने व्यक्तिमाथि २५ करोड अमेरिकी डलर(करिब ३३ अर्ब ६० करोड नेपाली रुपैयाँ) घुस दिएको आरोप लागेको छ ।
सौर्य उर्जासम्बन्धी एक सम्झौताको लागि अदानी समूहले भारतीय अधिकारीलाई यो घुस दिएको अमेरिकी लगानीकर्ताले आरोप लगाएका हुन् ।
अमेरिकी लगानीकर्ताहरुले ६२ बर्षीय अदानी, उनको भतिजा सागर र अन्य प्रतिवादीमाथि सन् २०२० देखि २०२४ को बीचमा भारतीय अधिकारीलाई यो रकमबराबरको घुस दिएको आरोप लगाएका छन् ।
यो रकम सौर्य उर्जासम्बन्धी सम्झौताको लागि घुसको रुपमा उपलब्ध गराइएको अमेरिकी लगानीकर्ताहरुको आरोप छ । यो बिषयमा अमेरिकाको कानूनले विदेशी भ्रष्टाचारको आरोपमा कारवाही गर्न अनुमतिसमेत प्रदान गरिसकेको छ ।
अदानी समूहमाथि यो बिषय अमेरिकी बैंक र लगानीकर्तासँग लुकाएर राखिएको आरोपसमेत लागेको छ । अमेरिकी लगानीकर्ताले सौर्य उर्जासम्बन्धी यो परियोजनाको लागि अर्बौ रकम जुटाएका थिए ।
बन्दरगाहदेखि उर्जासम्मको कारोबारमा संलग्न रहेका अदानी समूहको चेयरम्यान र उनका भतिजा सागर अक्षय उर्जा शाखा अदानी ग्रीन एनर्जी लिमिटेडको कार्यकारी निर्देशकसमेत छन् ।
अमेरिकी लगानीकर्ताले अदानी समूहको गौतम अदानी, सागर आर अदानी, बिनित एस जैन, रंजित गुप्ता, रुपेश अग्रवाल, दीपक मलहोत्रा, सौरभ अग्रवाल र सिरिल कैवनीजमाथि यस्तो आरोप लगाएका हुन् ।
सन् २०२० देखि २०२४ को बिचमा आरोप लागेको अदानी समूहले सौर्य उर्जासम्बन्धी एउटा परियोजना हात पार्न गलत वाटो छनौट गरेका थिए । उनीहरुले यो परियोजना हत्याउन भारतीय अधिकारीलाई ठूलो रकम घुसमा उपलब्ध गराएका थिए । यसको लागि नक्कली परियोजनालाई आधार बनाएर बैंकबाट ऋण र बन्ड जुटाइएको थियो ।
आरोप लागेका अदानी समूहले अमेरिकाको एफबीआईसहित युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिशन(एसईसी) को अनसन्धानमा समेत अवरोध सिर्जना गरेको आरोप लगाइएको छ ।
भारतीय काँग्रेसले मोदीलाई निसाना बनायो
यहि बिषयमा भारतको काँग्रेस पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई निसाना बनाएको छ । अदानी मोदीनिकट उद्योगी व्यवसायी हुन् ।
काँग्रेस पार्टीले सन् २०२३ देखि नै अदानी समूह संलग्न रहेको विभिन्न घोटाला काण्डको संसदीय जाँच समितिमार्फत जाँच गर्नुपर्ने माग राख्दै आएको छ ।
अदानी समूहले भने अमेरिकाको न्याय विभाग र अमेरिकी विनिमय आयोगले लगाएको सबै प्रकारको आरोपलाई खण्डन गर्दैआएको छ ।