कालिमाटी तरकारी बजारमा आज : काउलीमा प्रतिकिलो २० रुपैयाँ बढ्यो, अन्य तरकारीको मूल्य कति ?
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबारको तुलनामा बिहिबार काउलीको मूल्य बढेको छ ।
बुधबार प्रतिकिलो ९५ रुपैयाँमा बिक्री भएको स्थानीय काउलीमा २० रुपैयाँ बढेर बिहिबार ११५ रुपैयाँमा थोकमा बिक्री भएको छ ।
यस्तै बिहिबार ठूलो गोलभेडा ९५, सानो गोलभेडा ७२, टनेलको सानो गोलभेडा ८९, रातो आलु ६७.६७, सेतो आलु ५६.६७, प्याज १०७.६७, गाजर १४५, बन्दा ९०, तराई काउली ९५, सेतो मुला ३५, लाम्चो भान्टा ५५, डल्लो भान्टा ६५, तने बोडी १५० र मटरकोशा १३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै घिउसिमी ११७.६७, टाटे सिमी ११५, तिते करेला ९५, लौंका ९५, परवर ९५, चिचिण्डो ४५, घिरौला ७५, पाकेको फर्सी ३५, हरियो फर्सी लाम्चो ५५, हरियो फर्सी डल्लो ५५, भिण्डी १३५, बरेला ५०, पिडालु ६५, स्कुस २५, रायो साग ५५, पालुङ्गो साग ९५, चमसुर साग ११०, तोरीको साग ५५, मेथीको साग ११०, हरियो प्याज १२६.६७, बकुल्ला ११०, तरुल ९५, कन्ये च्याउ २००, डल्ले च्याउ ३२५, राजा च्याउ २९०, ब्रोकाउली १२५ र भेडे खुर्सानी १३० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य