राष्ट्रिय जीवन बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकारीको भर्ना खुल्यो




काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न भर्ना खुलाएको छ ।

कम्पनीले बिहिबार सूचना जारी गर्दै रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा योग्य व्यक्ति नियुक्त गर्न भर्ना खुलाएको हो । उक्त पदमा उम्मेदबारी दिने योग्य व्यक्तिले सूचना जारी भएको मितिले २१ दिनभित्र कम्पनीको रामशाह पथ काठमाडौंमा निवेदन बुझाउन सक्ने गरी समयअवधी तोकिएको छ ।

उम्मेदबारले व्यवसायिक कार्ययोजना तयार गरि बुझाउनुपर्ने शर्त तोकिएको छ भने आवेदन शुल्क ५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।


क्लिकमान्डु