अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३८.७ प्रतिशतले वृद्धि



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा कमी आउँदा सुनको मूल्यमा वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा २०८० असोज मसान्तमा प्रतिब्यारल ९२.५२ अमेरिकी डलर रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य चालु आर्थिक वर्षको असोज मसान्तमा २०.४ प्रतिशतले कमी आई ७३.६५ अमेरिकी डलर कायम भएको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८० असोज मसान्तमा सुनको मूल्य प्रतिऔंस १९२८.२० अमेरिकी डलर रहेकोमा २०८१ असोज मसान्तमा ३८.७ प्रतिशतले वृद्धि भई २६७५.२५ अमेरिकी डलर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु