एनआईएमबीका ग्राहकलाई कमलादीको स्काईवाक टावरमा छुट
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरुलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’ मा विषेश छुट दिइने भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र वन्डर्स नेपालबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरुलाई ‘स्काईवाक टावर’ प्रवेश शूल्कमा २०% सम्म विषेश छुट दिने सहमति भएको छ ।
एनआईएमबीका ग्राहकहरुले १ जनादेखि ५ जनासम्मले टिकट खरिद गर्दा १५% छुट र ५ जनाभन्दा बढी संख्यामा टिकट खरिद गर्दा २०% छुट पाउने बताइएको छ । छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
बैंकले ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु दिँदै आएको छ । छुटको विवरण आफ्नो आधिकारिक वेवसाइटमा उपलब्ध गराइएको पनि बैंकले जनाएको छ ।