काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि हुन लागेको निर्वाचनमा रास्वपाले प्रतिस्पर्धा नगर्ने भएको छ ।
रास्वपाले अरु नै दलका उम्मेदवारलाई समर्थन दिनसक्ने बताइएको छ । यद्यपि कुन दललाई समर्थन गर्ने भन्ने विषयमा रास्वपाले निर्णय गरिसकेको छैन ।
रास्वपाको नगर समितिले सोही क्षेत्रका राजाराम कार्कीलाई उम्मेदवारका लागि सिफारिस गरे पनि रास्वपाले अन्य दललाई नै सहयोग गर्ने रास्वपा काठमाडौंका सभापति प्रदीप विष्टले बताएका छन् ।
निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आइतबार दिनभरको समय तोकेको छ । यससँगै आइतबारदेखि निर्वाचन आचारसंहिता पनि लागू हुनेछ ।
प्रतिक्रिया