नोबेल विजेता सत्यार्थीले काठमाडौंबाट भने: नेपाल मेरो दोस्रो घर हो



काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता भारतीय नागरिक कैलाश सत्यार्थीले नेपालको प्रशंसा गर्दै नेपाललाई आफ्नो दोस्रो घर भएको बताएका छन् । काठमाडौंमा आयोजित दुई दिने कार्यक्रममा सहभागी हुन आएका सत्यार्थीले नेपालको खुलेर प्रशंसा गरेका थिए ।

२०१४ मा नोबेल पुरस्कार जितेपछि नेपाल भ्रमणमा आउँदा नेपालीहरुले देखाएको माया र सद्भावले आफू आश्चर्यमा परेको उनले प्रतिक्रिया दिएका थिए । बालश्रम रोक्ने अभियानमा सक्रिय सत्यार्थीले थुप्रै नेपाली बालबालिका र महिलाहरुको उद्धार गरेका थिए ।

तीमध्ये कतिपय उदाहरण उनले यसपटक व्यक्त गरेका थिए । लोकतन्त्रका आधारबारे चर्चा गर्दै सत्यार्थीले यसको सवलीकरणको विषयमा मन्तव्य दिएका थिए । अभिव्यक्ति स्वतन्त्रता, पारदर्शिता लगायत विषयले लोकतन्त्रलाई बलियो बनाउने भन्दै उनले आफ्नो अनुभव पनि सेयर गरेका थिए ।


क्लिकमान्डु