सरकारले प्राधिकरणलाई ‘टिओडीको डाटासहित बिल देऊ, पैसा लेऊ’ भन्ने निर्देशन दिएको होः ऊर्जामन्त्री
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको विषयमा सरकारले विषयको गाम्भीर्यतालाई हेरेरै निर्णय गरेको बताएका छन् ।
अबको प्रक्रियाका विषयमा बोल्दै मन्त्री खड्काले विद्युतको वक्यौता महसुल १५ दिनभित्र तिर्नुपर्नेमात्र रहेको उनले बताए ।
‘अब ५६ किस्ता २८ किस्ता भन्ने होइन, अब बिल देऊ, पैसा लिऊ हो । यसमा धेरै समय लगाउनु हुँदैन,’ उनले भने, ‘र लाइन पनि नकाट भन्ने निर्देशन मन्त्रिपरिषदको हो । स्पष्ट निर्णय हो, त्यही कार्यान्वयन हुन्छ ।’