सामसङ ग्यालेक्सी ए १६ फाइभ जी सार्वजनिक, कुनको कति पर्छ मूल्य ?
काठमाडौं । सामसङले मिडरेन्ज स्मार्टफोन सामसङ ग्यालेक्सी ए १६ फाइभ जी सार्वजनिक गरेको छ ।
६ वर्षको सफ्टवेयर सपोर्ट भएको प्रिमियम ग्यालेक्सी ए–सिरीज डिजाइन, आईपी ५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टम रहेको छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले आफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर ग्यालेक्सी ए १६ फाइभ जीले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्ताहरूलाई लामो समयसम्म नवीनतम सुविधाहरूको आनन्द लिन सहयोग गर्ने बताए ।
यो फोनलाई ग्यालेक्सी ए–सिरिजको सबैभन्दा पातलो मिड–रेन्ज उपकरणको रूपमा प्रस्तुत गरिएको छ । यसको मोटाई ७.९ एमएम रहेको छ । यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई यसलाई आरामसँग सजिलै समात्न सक्छन् । ए १६ फाइभ जीले प्रिमियम फिनिश र विशिष्ट की आइल्याण्ड फ्रेमको साथ ग्लासस्टिक ब्याक प्यानलको सुविधा दिन्छ । जहाँ साइड–माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्का रूपमा उठाइएको फ्रेममा राखिएका छन् ।
यसमा शक्तिशाली ५० एमपी प्राथमिक क्यामेरा, फाइभ एमपी अल्ट्रा–वाइड क्यामेरा र टू एमपी म्याक्रो क्यामेरा रहेको छ । यो फोनमा १३ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलहरुको स्तरलाई बढाउँछ । फोनमा ६.७ इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्लेको साथमा ९० हर्ज रिफ्रेस रेट, एवं माइक्रो एसडी मार्फत १ टिबीसम्म विस्तार गर्न सकिने स्टोरेज रहेको छ ।
यो फोनमा ५००० एमएएच ब्याट्री रहेको छ । ६÷१२८ जिबी भेरियन्टको मूल्य २८ हजार ९९९, ८÷१२८ जिबी भेरियन्टको ३० हजार ९९९ र ८÷२५६ जिबी भेरियन्टको मूल्य ३४ हजार ९९९ रुपैयाँ रहेको छ । यो प्रत्येक फोनको खरिदमा २५ वाटको एड्याप्टर निःशुल्क पाइने छ । यी उत्पादनहरु १२ नोभेम्बर २०२४ देखि बजारमा उपलब्ध हुनेछ ।