बिजुली काटिएका उद्योगीले पैसा नतिरेसम्म लाइन नजोड्न विद्युत् नियमन आयोगको निर्देशन
काठमाडौं । लाइन काटिएका उद्योगीले पैसा नतिरेसम्म लाइन नजोड्न विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले बुधबार पैसा नतिरेका डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौता भुक्तान नभएसम्म काटिएका विजुलीको लाइन नजोड्न निर्देशन दिएको हो ।
विद्युत् नियमन आयोगको बुधबार बसेको बैठकले १७ वैशाख २०८१ मा सरकारले गरेको निर्णयमा उल्लेख भएको २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिको विवादित डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौतामा प्राधिकरणबाटै तोकिएको र सोही तिर्नुपर्ने भएको उल्लेख गरेको छ ।
आयोगले विद्युत् महशुल प्राधिकरणले नै तोक्ने र महशुल नबुझाएको कारणबाट लाइन काटिएको भए सम्बन्धित ग्राकहले त्यस्तो अवधिको रकम बुझाएपछि मात्रै विजुली लाइन जोडिदिन पनि निर्देशन दिएको छ ।
विजुली महशुलको परिणाम कुनै अधाकिारीक निकायबाट चाँजबुझ गर्दा अशुल भइसेको अवस्थामा त्यसपछिको बिलमा मिलान गर्न र निर्देशन भएको कामको विवरण विद्युत् नियमन आयोगमा बुझाउन पनि आयोगका सचिव मनदेवी श्रेष्ठद्वारा हस्ताक्षरित निर्देशनमा उल्लेख छ ।