बढीले क्षति पुर्‍याएपछि साढे ९ अर्बको बिमा दाबी, राष्ट्रिय बिमा कम्पनीसहित ७ वटाले गरेनन् भुक्तानी



काठमाडौं । असोज १० र ११ गते आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा क्षति पुग्दा बिमा कम्पनीहरुमा ९ अर्ब ५४ करोड ६१ लाख ८२ हजार ६३५ रुपैयाँ बराबरको ३३०६ वटा दाबी परेको छ । १८ वटा बिमा कम्पनीमा उक्त दाबी परेको बिमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कात्तिक ६ गतेसम्म ११ वटा बिमा कम्पनीले २६१ वटा दाबीमा ३० करोड ३६ लाख ५४ हजार ५६२ रुपैयाँ मात्रै भुक्तानी भएको छ । बाँकी ७ वटा कम्पनीले बिमाको दाबी भुक्तानी समयमा नै गरेका छैनन् ।

देशभर आएको अविरल वर्षाका कारण परेको दाबी भुक्तानी यथाशख्य चाँडो गर्न बिमा प्राधिकरणले निर्देशन दिइसकेको छ । तर, ७ वटा कम्पनीले भुक्तानी समयमा नै नगरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा आएको छ भने सबैभन्दा कम प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको रहेको छ । सिद्धार्थ प्रिमियरमा २ अर्ब ६ करोड ५९ लाख ८४ हजार ५६९ रुपैयाँ दाबी परेकोमा ४ करोड १७ लाख ८१ हजार ८५१ रुपैयाँ भुक्तानी भएको छ । बाँकी रकम भुक्तानी बाँकी छ ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६ वटा माग दाबीबाट २ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । प्राधिकरणका अनुसार दि ओरियन्टल यन्स्योरेन्समा १७२ वटा माग दाबीको १ अर्ब ४५ करोड ६९ लाख १६ हजार रुपैयाँ दाबी परेको छ ।

जसमा ६ वटाको ३ लाख ९४ हजार ४५७ रुपैयाँ मात्रै भुक्तानी भएको छ । शिखर इन्स्योरेन्समा ९८ करोड ८१ लाख ४७ हजार ५४९ रुपैयाँको दाबी परेकोमा २१ करोड ५० लाख ४२ हजार ४४० रुपैयाँको भुक्तानी भएको छ ।

नेको इन्स्योरेन्समा ९८ करोड २२ लाख २५ हजार ९३४ रुपैयाँको दाबी परेको छ । जसमा २ लाख १९ हजार २६९ रुपैयाँ भुक्तानी भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्समा ९७ करोड ३४ लाख ४५ हजार ५८६ रुपैयाँ माग दाबी परेको छ । कम्पनीले १ करोड ५५ लाख ३३ हजार ४५८ रुपैयाँ भुक्तानी भएको छ ।

सगरमाथा लूम्बिनी इन्स्योरेन्समा ६६ करोड ८१ लाख ४७ हजार ७११ रुपैयाँ माग दाबी परेको छ । जसमा १ करोड १९ लाख ५४ हजार ५७५ रुपैयाँ भुक्तानी भएको छ ।

नेशनल इन्स्योरेन्समा ५६ करोड ४८ लाख ९७ हजार २९६ रुपैयाँ माग दाबी परेकामा २२ लाख ५३ हजार ८९९ रुपैयाँ दाबी भुक्तानी भएको छ । एनएलजी इन्स्योरेन्समा ४६ करोड ५० लाख ५ हजार ५६९ रुपैयाँको माग दाबी परेकोमा अहिलेसम्म एक रुपैयाँ पनि दाबी भुक्तानी गरेको छैन ।

प्राधिकरणका अनुसार आईजिआई प्रुडेन्सियल इन्स्योरेन्समा ३६ करोड ७९ लाख ४५ हजार ८५० रुपैयाँको मागदाबी परेकोमा ३२ लाख ४ हजार २५८ रुपैयाँ भुक्तानी भएको छ । नेपाल इन्स्योरेन्समा ३६ करोड २३ लाख ३२ हजार ३९ रुपैयाँको दाबी परेकोमा अहिलेसम्म कुनै पनि दाबी भुक्तानी भएको छैन ।

सानिमा जिआईसीमा २५ करोड ९३ लाख ९६ हजार ६७७ रुपैयाँको माग दाबी परेकोमा १ करोड ३२ लाख १६ हजार ५९४ रुपैयाँ भुक्तानी भएको छ । राष्ट्रिय बिमा कम्पनीमा २० करोड ६७ लाख रुपैयाँको माग दाबी परेकोमा अहिलेसम्म एक रुपैयाँको पनि भुक्तानी गरेको छैन । युनाइटेड अजोडमा १२ करोड ५४ लाख ४० हजार रुपैयाँ माग दाबी परेकोमा ४२ हजार ५० रुपैयाँ भुक्तानी भएको छ ।

यसगरी, प्रभु इन्स्योरेन्समा ५ करोड ३४ लाख ७२ हजार ९०० रुपैयाँको माग दाबी परेको छ । जसमध्ये प्रभुले ११ हजार ६९१ रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

प्राधिकरणका अनुसार स्टार माइक्रो इन्स्योरेन्समा ३५ लाख १५ हजार, ट्रस्ट माइक्रो इन्स्योरेन्समा १५ लाख २० हजार, नेपाल माइक्रो इन्स्योरेन्समा ८ लाख ५० हजार रुपैयाँको माग दाबी परेको छ ।

प्राधिकरणका अनुसार कोशी प्रदेशमा २२८ वटा, मधेश प्रदेशमा ९४, बागमती प्रदेशमा २९१०, गण्डकीमा २७, लुम्बिनीमा ४३, कर्णालीमा २ र सुदुरपश्चिम प्रदेशमा २ वटासहित ३ हजार ३०६ वटाको मागदाबी परेको छ ।


क्लिकमान्डु