कमलादीमा रहेको स्काइवाकले एक वर्षमा कमायो साढे १२ करोड
काठमाडौं । गत वर्षबाट सञ्चालनमा आएको कमलादीस्थित स्काईवाक टावरले एक वर्षमा १२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् २०१८ बाट वन्डर्स नेपाल प्रालि नामक कम्पनीले सञ्चालनमा ल्याएको उक्त टावरमा एक वर्षमा अवलोकनकर्ताहरुमार्फत १२ करोड ५० लाख रुपैयाँ कारोबार भएको हो ।
यो अवधिमा कम्पनीको मार्जिन ७८.०२ प्रतिशत कायम भएको छ ।
स्काईवाक टावर २६ तलाको रहेको छ, जसको उचाई २५६ फिट रहेको छ । उक्त टावरलाई वर्षमा ७ लाख २० हजार अवलोकनकर्तालाई सेवा दिने गरि निर्माणको प्रस्ताव भएको थियो ।
सन् २०२३ को मध्य जुनमा सञ्चालनमा आएको उक्त स्काईवाक टावर सञ्चालन गर्ने कम्पनीमा पाँच जना बोर्ड सदस्य रहेका छन्, जसको नेतृत्वमा प्रवेन्द्र पोखरेल रहेका छन् ।
साथै पदमप्रसाद न्यौपाने भने कम्पनीको प्रबन्ध निर्देशक रहेका छन् ।
हालका लागि अवलोकनकर्ताका लागि खुला गर्दै सञ्चालनमा रहेको टावरको स्थायी सञ्चालनका लागि भने थप दुईदेखि तीन वर्ष लाग्ने भनिएको छ ।
कम्पनीले हालका लागि ६० करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जा सुविधाका लागि रेटिङ एजेन्सी इक्रा नेपालले ६० करोडकै लागि डबल बी माइनस रेटिङ दिएको छ ।