टिकटकद्वारा साना र मझौला व्यवसायलाई सशक्त बनाउन कार्यशाला सम्पन्न




काठमाडौं । नेपालमा साना तथा मझौला व्यवसाय लाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले कार्यशाला सम्पन्न गरेको छ ।

ग्रो विथ टिकटक मास्टरक्लास नामक कार्यशालाले व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक व्यवसायी, मार्केटर तथा उद्यमीलाई जानकारी गराएको छ ।

कार्यशालामा सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवाहरूलाई रचनात्मक रूपमा प्रदर्शन गर्न टिकटकका सुविधाहरूको लाभ कसरी उठाउने भन्ने बारे प्रशिक्षण दिएका थिए ।

टिकटकका कारण साना व्यवसायहरूले कायम र सम्भावित ग्राहकहरूसम्म पुग्न ठूलो लगानी गर्नु नपर्ने जानकारी पाएका छन् । त्यस क्रममा सहभागीहरूलाई टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाको बारेमा जानकारी गराइएको थियो ।


क्लिकमान्डु