कास्की प्रशासनले रास्वपाको प्रदर्शनस्थलमा थप्यो सुरक्षाकर्मी



काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको नेता कार्यकर्ताहरुले गरेको प्रदर्शनी स्थलमा सुरक्षाकर्मीको संख्या थपिएको छ ।

रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल भएको छ । त्यस लगत्तै प्रशासनले प्रहरीको संख्या थपेको छ ।

प्रशानसनले सुरक्षाकर्मीको संख्या थपेसँगै पोखरामा रास्वपाका नेता कार्यकर्ता भन्दा सुरक्षाकर्मीको संख्या बढी हुँदै गएको छ । प्रशानसले कास्की जिल्ला अदालत परिसरमा निषेधीत क्षेत्र घोषणा गरेको छ ।

उक्त क्षेत्रमा नेपाल प्रहरीले पहिलो घेरामा र सशस्त्र प्रहरीले दोस्रोे घेरामा खटिएर सुरक्षा दिइरहेको छ ।


क्लिकमान्डु