भगवती स्टिलको व्यापारमा गिरावट, कतिको भयो व्यापार ?



काठमाडौं । भवगती स्टिल इन्डस्ट्रिज प्रालिको व्यापारमा गिरावट आएको छ । सन् २०२२ मा १ अर्ब ८३ करोड ३५ लाख रुपैयाँको व्यापार गरेको कम्पनीको सन् २०२३ को व्यापार ३ अर्ब ५७ करोड ८० लाख रुपैयाँ थियो ।

सन् २०२४ मा भने यसको व्यापारमा कमी आएको छ । सन् २०२४ मा भगवती स्टिलले ३ अर्ब १३ करोड रुपैयाँको व्यापार गरेको छ । व्यापारमा गिरावट भइरहँदा यसको मार्जिनमा पनि संकुचन देखिएको छ ।

भवगती स्टिलको मार्जिन सन् २०२२ मा ८.६८ प्रतिशत र सन् २०२३ मा १३.९४ प्रतिशत थियो । सन् २०२४ मा भने यसको मार्जिनमा भारी गिरावट भएर ४.८२ प्रतिशतमा सीमित रहेको छ ।

सन् १९९१ मा सुरु भएको भगवती स्टिल इन्डस्ट्रिज प्रालिले स्टिलका ढोका, पाइप, झ्यालको फ्रेमलगायतका सामग्री उत्पादन गर्ने गर्छ । सुमित कुमार अग्रवाल अध्यक्ष रहेको कम्पनी उत्पादन कारखाना बाराको छत्रपिप्रामा रहेको छ, जहाँ वर्षेनि ८५ हजार ५०० मेट्रिक टन उत्पादन गर्ने क्षमता रहेको छ ।

व्यापारमा गिरावट भइरहँदा हालका लागि कम्पनीले २ अर्ब ३५ करोड ६३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङले कम्पनीलाई १७ करोड ६८ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि त्रिपल बी माइनस र २ अर्ब १७ करोड ९४ लाख रुपैयाँको अल्पकालीन कर्जा सविधाका लागि ए थ्री रेटिङ दिएको छ ।


क्लिकमान्डु