लाभांश घोषणा गरेको स्वावलम्बन लघुवित्तको बुक क्लोज कहिले ?



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । साथै बुक क्लोजको मिति समेत तय गरेको छ ।

संस्थाले गत आवको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले कात्तिक ३० गते बार्षिक साधारणसभा गर्ने भएको छ । सभा प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गर्ने भएको छ । कात्तिक ८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् ।


क्लिकमान्डु