मलेसिया ३ वर्षपछि उच्च आय भएको देश बन्ने प्रक्षेपण
एजेन्सी । मलेसिया २०२८ को सुरुसम्ममा उच्च आर्थिक वृद्धि गर्ने देशको रुपमा विकास हुने अर्थशास्त्रीहरुले प्रक्षेपण गरेका छन् । यस्तै त्यतिन्जेलसम्म मलेसियाको मुद्रा पनि बलियो हुने बताइएको छ ।
विश्व बैंकका वरिष्ठ अर्थशास्त्रीहरुले मलेसियाले अपेक्षा गरेभन्दा धेरै राम्रो आर्थिक विकास गर्ने बताएका हुन् । मलेसियाको आर्थिक वृद्धिदर ४.३ प्रतिशतबाट ४.९ प्रतिशत पुगेकोमा खुसी व्यक्त गर्दै मलेसियाका वरिष्ठ अर्थशास्त्री अपूर्व साँघीले मलेसियाको अर्थतन्त्र थप बलियो हुने बताए ।
पछिल्लो समय मलेसियाको उच्च आर्थिक वृद्धिको प्रभाव त्यहाँको जीवनस्तरमा पनि देखिरहेको बताइन्छ । साथै मलेसियन मुद्रा रिंगेटको हैसियत पनि बलियो बन्ने सिंघीले बताएका छन् ।
यस्तै मलेसियाको अर्थतन्त्र कोरोना महामारी सुरु हुनुभन्दा पहिलेको तुलनामा १२ प्रतिशतले ठूलो बनेको छ । दक्षिणपूर्वी एसियाली देशहरुमा सिंगापुरपछि मलेसियाले नै राम्रो अर्थतन्त्र बनाएको अर्थशास्त्रीहरुको भनाइ छ ।
अपूर्व सिंघीले सामाजिक सञ्जालमा पनि यसबारे लेख्दै मलेसियाले २०२८ सम्म उच्च आर्थिक वृद्धि गर्ने प्रक्षेपण गरेका हुन् । वर्तमान अवस्थामा पनि मलेसियाको अर्थतन्त्र सही बाटोमा रहेको सिंघीले बताएका छन् ।
तर देशले अब बेरोजगारी लगायतका समस्या समाधान गरेको खण्डमा देशको अर्थतन्त्र अपेक्षा गरेभन्दा राम्रो हुने उनको भनाइ छ । २०२३ मा मलेसियाको आर्थिक वृद्धि ३.७ प्रतिशत थियो ।
विश्व बैंकले प्रतिव्यक्ति १४ हजार ५ डलर वा सोभन्दा माथिको कुल राष्ट्रिय आय भएका देशहरूलाई उच्च आय भएका देशहरूको रुपमा परिभाषित गर्दैआएको छ।