अनर किन्दा थाइल्यान्ड घुम्ने अवसर



काठमाडौं । अनर नेपालले ग्राहकका लागि दशैंलाई अझै विशेष बनाउन आकर्षक अफर र सरप्राइजहरू ल्याएको छ।

अनरले ‘अनर किन्नुस्, थाइल्याण्ड घुम्नुस्’ अभियान ल्याएको छ। जुन सेप्टेम्बर १७ देखि नोभेम्बर ७ सम्म चल्नेछ। यस अवधिमा कुनै पनि अनर स्मार्टफोन किन्दा खल्तीको दामी क्यु आर ह्विल घुमाउने मौका पाइने छ।

यसबाट थाइल्याण्ड घुम्ने मौका, अप्रिला एसआर १२५ वा नयाँ अनर म्याजिक भी१२ जस्ता धमाकेदार पुरस्कारहरू जित्न सकिने छ।

साप्ताहिक रूपमा मार्सल स्पिकर र अनर २०० जस्ता पुरस्कारहरू र दैनिक रूपमा अनर चोइस एरबड एक्स५ र स्केई जिटी वाच जस्ता उपहारहरू पनि छन्।

अनर २०० सिरिज – क्यामरा पनि बबाल, अफर पनि बबाल

अनरका मुख्य स्मार्टफोनहरू अनर २०० प्रो र अनर २००, तपाईको पर्वको यादगार क्षणहरू कैद गर्न उपयुक्त साथी हुन्। एआई-शक्तियुक्त पोर्ट्रेट क्यामेराले तपाईका तस्बिरहरूलाई झन् सुन्दर बनाउँछ। यो विशेष अफरमा हरेक खरिदमा १३ हजार ९९९ बराबरको निःशुल्क अनर च्वाइस वाच पाइने छ। यो अफर १५ अक्टोबर २०२४ सम्म मात्र मान्य छ।

अनर एक्स९बी पर्व अफर – एक्स९बी पनि बबाल, अफर पनि बबाल !!

अनर एक्स९बी किन्न चाहनेलाई अनर नेपालले हरेक खरिदमा रु ७,९९९ बराबरको निःशुल्क अनर च्वाइस हेडफोन दिनेछ। जसले तपाईलाई उत्कृष्ट अडियो अनुभव दिन्छ। यो अफर दसैंका लागि १५ अक्टोबर २०२४ सम्म उपलब्ध छ। साथै, अनर एक्स९बी किन्दा तपाई पनि ‘अनर किन्नुस्, थाइल्याण्ड घुम्नुस्’ अभियानमा सहभागी भएर थाइल्याण्ड को यात्रामा जान पाइने छ।

अनर एक्स६बी – स्मार्टफोन पनि, स्मार्टवाच पनि

अनर नेपालले अनर एक्स६बी अफर ल्याएर थप रमाइलो गरेको छ। अनर एक्स६बी किन्दा स्केई जिटी वाचको मूल्य ३,९९९ पर्छ जुन ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन्। यो अफर १५ अक्टोबर २०२४ सम्म मात्र मान्य छ। आफ्नो स्टाइलमा नयाँ प्रविधि थप्नका लागि यो अवसर राम्रो छ।


क्लिकमान्डु