इजरायलले इरानको तेल केन्द्रमा आक्रमण गर्‍यो भने नेपालसम्म कस्तो असर पर्छ ?



मध्यपूर्वमा भइरहेको द्वन्द्वबीच इजरायलले इरानका तेल भण्डारमा आक्रमण गर्ने संकेत देखाएको छ । यदि इरानी तेल भण्डारमा इजरायलले आक्रमण गर्‍यो भने भारत र नेपालसहित विश्वभर नै त्यसको असर पर्नेछ

एजेन्सी । गाजा क्षेत्रको युद्धका बीच इरान र इजरायलबीच भइरहेको तनाबको सबैभन्दा धेरै असर कच्चा तेलको बजारमा पर्ने धेरैले बताइरहेका छन् । यसले गर्दा विश्वभर तेलको मूल्य अत्यधिक बढ्नसक्ने पनि आकलन गरिएको छ ।

यस्तो आशंका अमेरिकी राष्ट्रपति जो बाइडेनको अभिव्यक्तिपछि झनै धेरै बढेको छ । जो बाइडेनले इजरायलले इरानी तेल केन्द्रलाई निशाना बनाउन सक्ने बताएका थिए ।

यससँगै अमेरिकामा यो सम्भावित आक्रमणबारे बहस भइरहेको छ । तर उक्त आक्रमणको अमेरिकाले समर्थन गर्छ त भनेर बाइडेनलाई सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘हामी यसबारे छलफल गरिरहेका छौं ।’

बाइडेनको यस्तो प्रतिक्रियापछि नै कच्चा तेलको मूल्य ५ प्रतिशत बढ्यो । इरानले यसै साताको मंगलबार इजरायलमाथि सयौं मिसाइल आक्रमण गरेको थियो ।

त्यसपछि दुई देशबीच तनाब झनै बढ्यो । इजरायलको विदेश मन्त्रालयका अनुसार इरानले इजरायलमाथि १८१ ब्यालिस्टिक मिसाइल आक्रमण गरेको थियो । र जहाँ एक प्यालेस्टाइनी नागरिक पनि मारिएका थिए ।

त्यसो त, ५ महिनाअघि अर्थात् गत अप्रिलमा इरानले इजरायलमा करिब ११० ब्यालिस्टिक मिसाइल र ३० क्रुज मिसाइल आक्रमण गरेको थियो । इरानको पछिल्लो आक्रमणपछि बंकरमा इजरायली सुरक्षा क्याबिनेटको बैठक बसेको थियो । जहाँ इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले भनेका थिए, ‘इरानले आज एक ठूलो गल्ती गरेको छ । र उसले यसको मूल्य चुकाउनु पर्नेछ ।’

जुलाइ महिनामा इरानको राजधानी तेहरानमा हमासको राजनीतिक विभागका प्रमुख इस्माइल हमियाको हत्या भएको थियो । जुन घटना इरानले इजरायलले गराएको भन्दै आएको छ । त्यसपछि यसै वर्षको २७ सेप्टेम्बरमा लेबनानमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह इजरायलको हवाई आक्रमणबाट मारिए ।

र ती दुबै नेता इरानका समर्थक थिए । र इरानलाई यी दुबै हत्याको जवाफ दिनुपर्ने दबाब रहेको बताइन्छ । फलस्वरुप इरानले इजरायलमाथि पछिल्लो मिसाइल आक्रमण गरेको हो ।

बुधबार इजरायली मिडियामा प्रकाशित समाचार अनुसार इजरायल केही दिनभित्रै इरानका केही महत्त्वपूर्ण रणनीतिक क्षेत्रहरुलाई निशाना बनाउँदैछ । र ती आक्रमण इरानमा रहेका तेल केन्द्रमा हुने पनि अड्‍कलवाजी गरिएको छ ।

अधिकांश विश्लेषकहरुक साझा व्याख्या के छ भने, मध्यपूर्वमा भइरहेको तनाबका बीच यदि इरानका तेल भण्डार वा तेल कुवाहरुमा आक्रमण भयो भने त्यसको क्षति धेरै ठूलो हुनेछ ।

र त्यसको असर अन्यत्र पनि पर्नेछ । यसको असर तेल भण्डारको सप्लाइमा मात्रै पर्ने नभएर रणनीतिक सम्मानदेखि महत्त्पूर्ण सम्बन्धहरु पनि अन्त्य हुनसक्छन् ।

यससँगै तेलको ढूवानीको मार्ग नै बदलिन सक्ने र अहिलेभन्दा धेरै लामो हुनसक्ने विश्लेषकहरुको भनाइ । अन्तत:यसले तेलको मूल्य भारी रुपमा वृद्धि हुने आकलन गरिएको छ । अर्थात् यसको असर भारत, नेपाल लगायत सबैजसो देशहरुमा पनि पर्न सक्ने बताइन्छ ।

भारत लगायतका देशमा कति असर ?

इजरायलमा इरानको आक्रमणपछि मध्यपूर्वमा तनाब बढ्ने देखिएको छ । जसको प्रत्यक्ष असर तेलको मूल्यमा देखिँदैछ । हिजबुल्लाहका नेता नसरल्लाहको हत्यापछि इरानको आक्रमणको मात्रै आशंका गरिएको थियो । तर त्यति मात्रै भएन । नसरल्लाहको हत्यासँगै तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३ प्रतिशतले वृद्धि पनि भयो ।

यसबीचमा यदि इजरायलले इरानका तेल भण्डाररुलाई निशाना बनायो भने त्यसको व्यापक असर अन्तर्राष्ट्रिय तेल बजारमा हुनसक्छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यको बेन्चमार्क मानिएको ब्रेंक क्रुटका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले दिएको अभिव्यक्तिका कारण नै तेलको मूल्य ५ प्रतिशतसम्म वृद्धि भइसकेको छ ।

सोमबार इजरायलमाथि इरानले मिसाइल आक्रमण गरेपछि अहिलेसम्म कच्चा तेलको मूल्यमा १० प्रतिशत वृद्धि भइसकेको छ । र यो करिब ७७ डलर प्रति ब्यारेल भएको छ ।

यससँगै यदि इरानबाट भारतमा तेलको सप्लाइ बन्द भएमा भारतले रुसबाट ल्याउने गरेको तेललाई अन्य देशमा महंगोमा विक्री गर्न बाध्य हुने पनि विश्लेषकहरुको भनाइ छ । यद्यपि भारतमा पर्नसक्ने भूराजनीतिक दबाबलाई पनि कसैले इन्कार गर्न सकिरहेका छैनन् ।

२०२२ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण सुरु गर्दा अमेरिकासहित पश्चिमा देशहरुले रुसमाथि कैयौं प्रतिबन्धहरु लगाएका छन् । त्यसको उपायको रुपमा रुसले भारतसहित विश्वका कैयौं देशहरुलाई अन्तर्राष्ट्रिय बजारमा कम मूल्यमा कच्चा तेल विक्री गर्न सुरु गरेको थियो ।


क्लिकमान्डु