दशैंभर बिहान साढे ४ बजेदेखि मध्यराति १२ बजेसम्म विमानस्थल खुल्ने



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने जनाएको छ ।

हवाई यात्रुको चाप बढेपछि असोज १७ घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान ४:३० देखि राति १२ बजेसम्म विमानस्थल सञ्चालन हुने भएका हुन् ।

प्राधिकरणले आवश्यकताअनुसार उडान समय थप हुन सक्ने पनि जनाएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, पोखरा, नेपालगन्ज लगायतका विमानस्थलमा बिहान ६ देखि राति १० बजेसम्म उडान हुँदै आएको छ ।

अविरल वर्षापछिको बाढी पहिरोले हवाई सेवामा यात्रुको चाप रहेको छ ।


क्लिकमान्डु