सिटिजन्स बैंकको बुक क्लोज कहिले ?



काठमाडौं । सिटिजन्स बैंकले बुक क्लोजको मिति तय गरेको छ ।

असोज १४ गते बसेको बैक सञ्चालक समितिको बैठकले असोज २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

असोज २८ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउने छन् ।

बैंकले गत आवको नाफाबाट बोनस ४ प्रतिशत र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।


क्लिकमान्डु