डिजेलमा २ र पेट्रोलमा १ रुपैयाँले मूल्य घट्यो




काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले मंगलबार राती १ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो । निगमले डिजेल तथा मट्टितेलमा २ र पेट्रोलमा १ रुपैयाँले मूल्य घटाएको छ ।

घटेको मूल्यसहित अब भोलि विहानबाट पेट्रोलको प्रतिलिटर १५८ रुपैयाँ, डिजेल तथा मट्टितेलको १४७ रुपैयाँ पर्ने भएको छ ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य समेत प्रतिलिटर ६ रुपैयाँले घटाएर १२७ प्रतिलिटर कायम गरेको छ ।

निगमका अनुसार भारतीय आयल कर्पोरेटबाट सोमबार मूल्य घटेर आएकोले सरकारले पनि आम उपभोक्ताको सहजताका लागि मूल्य घटाएको बताएको छ । ग्यासको मूल्य भने साविककै रहेकोले यसमा कुनै घटबढ भएको छैन ।


क्लिकमान्डु