विपद प्रभावित प्रत्येक जिल्लामा १ लाखका दरले महासंघको सहयोग



काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गर्दै पीडितहरुको राहत तथा उद्धारका लागि प्रभावित जिल्लाहरुलाई १ लाखका दरले सहयोग दिने भएको छ ।

महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्फत् उक्त सहयोग रकम राहतका लागि प्रदान गर्ने निर्णय गरिएको हो ।

यसका साथै विपदको यस समय आ आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्विराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि महासंघले आग्रह गरेको छ ।

बाढीपहिरोका कारण यातायात अवरुद्ध भएको अवस्थामा अत्यावश्यकीय सामान लगायतको आपूर्तिका लागि पनि यथासम्भव सक्रिय रहन महासंघले आफ्ना सदस्यहरुमा आह्वान गरेको छ ।

उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा उक्त सामग्री यथासम्भव उद्धार कार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइदिन पनि महासंघले आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।


क्लिकमान्डु