नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गरेका तामाङलाई महालक्ष्मी विकास बैंकले दियो १ लाख



काठमाडौं । लगातारको अविरल वर्षासँगै ललितपुर महानगरपालिकास्थित नख्खुखोलाले बगाएका दुई जनाको सकुशल उद्धार गर्ने एक जनालाई महालक्ष्मी विकास बैंकले नगदसहित सम्मान गरेको छ ।

ललितपुर महानगरको वडा न. १३, नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका २ जना उद्धार भएको थियो ।

काभ्रेको तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको हो । नख्खु खोलाले टीनको टहराको छतमा उद्धारको पर्खाइमा बसेका तीनजनालाई बगाएको थियो ।

असोज १३ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच तामाङले जोखिमका बीच देखाएको अदम्य साहस र उनको अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामङलाई १ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्धार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।

साथै बैंकले देशै भरि आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।


क्लिकमान्डु