काठमाडौं भित्रिने सबै सडक नाका बन्द, देशभरका ६५ राजमार्ग अवरुद्ध



काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोले देशभरका ६५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

सडक विभागका अनुसार देशभर रहेका ७४५ सडक खण्डमध्ये ३११ वटामात्रै दुईतर्फ सुचारु अवस्थामा छन् । यस्तै ३६९ वटा सडक खण्ड एकतर्फीरुपमा सञ्चालन भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार हाल अवरुद्ध रहेका ६५ सडकखण्ड खुलाउने प्रयास भइरहेको छ । विभागका अनुसार काठमाडौं भित्रिने सबै नाका अवरुद्ध छन् ।

पूर्वतर्फबाट काठमाडौं भित्रिने विपी राजमार्ग, अरनिको राजमार्ग बन्द छन् । दक्षिणतिरबाट काठमाडौं भित्रिने सिस्नेरी, कान्तिराजपथ,त्रिभुवन राजपथ बन्द अवस्थामा छन् ।

पश्चिमतिरबाट काठमाडौं भित्रिने पृथ्वीराजपथ, नौविसे सडकखण्ड अवरुद्ध छ । दक्षिणतिरबाट भित्रिने टोखा छहरे, बालाजु त्रिशुली सडक खण्ड पूर्णरुपमा बन्द छ ।


क्लिकमान्डु