भोलि बिहानसम्मको लागि सबै आन्तरिक उडान बन्द, सुरक्षित उडान गराउन प्राधिकरण प्रतिवद्ध




काठमाडौं । खराब मौसमका कारण दिनभर डिले भएका र उडान हुन नसकेको उडानसँगै भोलि बिहानसम्मका लागि सबै आन्तरिक उडान बन्द भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई गन्तव्यको मौसममा नखुलेको र इनरुट मौसमसमेत बिग्रिएकोले शुक्रबार साँझदेखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडान बन्द गरिएको छ ।

हवाई उडानलाई सुरक्षित बनाउन प्राधिकरणले उडान बन्द गर्ने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार प्राधिकरण सुरक्षित हवाई उडानमा प्रतिवद्ध रहेकोले पनि भोलि बिहानसम्मका लागि उडान बन्द गरिएको छ ।

मौसम खुला हुँदा भने काठमाडौैंबाट पोखरा, भैरहवा, विराटनगरसहित रात्री उडाउन हुने विमानस्थलमा उडान हुन्छन् । काठमाडौं बाहिरका विमानस्थलबाट पनि जहाज आउँछन् तर आजको लागि भने मौसम बिग्रिएकोले जोखिम रहित उडान गराउन प्राधिकरण प्रतिवद्ध भएको पनि उनले बताए ।

अधिकांश उडान हुन सकेन: यती एयरलाइन्स

देशभर सक्रिय मनसुनको प्रभावले मौसम प्रतीकुल हुँदा आज शुक्रबारका लागि निर्धारित हवाई उडानहरु प्रभावित भएका छ्न् । प्रतिकुल मौसमका कारण कतिपय बिमानस्थलहरु खुल्न सकेनन भने कतिपय बिमानस्थल खुल्ने र बन्दहुने क्रम जारी रहेकाे यती एयरलाइन्सको भनाइ छ ।

विमानस्थलहरुमा यात्रुहरू लामो समयसम्म प्रतीक्षारत रहेका छ्न भने एअरलाईन्सहरुलाई उडान नहुँदा यात्रुहरूलाई सम्झाउन हम्मे हम्मे पर्याे । आजका लागि निर्धारित यती एअरलाईन्सका धेरै उडानहरु प्रभावित भएका छन् । आज यती एअरलाईन्सका उडान तालिकामा रहेका २ वटा पर्वतीय उडान, पोखराका १० , नेपालगन्जको २, सिमराको २, बिराटनगरको ५, भैरहवाको ३, जनकपुरको ३, भद्रपुरको ३ उडानहरु रद्ध भएको यती एअरलाइन्सका प्रवक्ता शुदर्शन बर्ताैलाले बताए ।

नेपालगन्ज बाट काठमाडौंका लागि उडेको एन वाई टि ४२२ नं. फ्लाइट भैरहवा डाईभर्ट गरिएको र भैरहवा बाट पुन काठमाडौं आएको जहाज सिमराको आकाशमा होल्ड गरेर पुन: नेपालगन्ज नै फर्केको भने काठमाडौंबाट बिराटनगर उडेको ७८३ नं. को प्लाईट गन्तव्य नपुगी पुन: काठमाडौं फर्केको पनि उनले बताए ।

आज यति एअरलाईन्सको दुईतर्फि ६४ वटा उडानहरु निर्धारण गरिएका थिए । त्यस्तैगरी तारा एअरले निर्धारण गरेको आजका लागि निर्धारित सबै उडान रद्ध गरिएको छ आज ताराका पोखरा – जोमसोमका ४ वटा उडान, काठमाडौं र रामेछाप बाट लुक्लाका लागि निर्धारित १२ वटा उडान रद्ध भए ।


क्लिकमान्डु