आइएमई पेबाट १ रुपैयाँमै हवाई टिकट



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आउँदै गरेको दशैंतिहार र छठलाई लक्षित गरी मात्र १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

गतेसम्म चल्ने यस योजनाअन्तर्गत आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राहीमध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीले १ रुपैयाँमा टिकट प्राप्त गर्नेछन् । भाग्यशाली विजेताहरूले खरिद गरेको हवाई टिकटको १ रुपैयाँको अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरूप विजेता घोषणा गरेपछि प्राप्त गर्नेछन् ।

साथै आइएमई पेमार्फत हवाई टिकट खरिद गर्दा ८१ रुपैयाँ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ । यसैगरी हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

चाडपर्वको लहर धमाधम सुरु भएको मौका पार्दै गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीहरूलाई लक्षित गरी आइएमई पेले यो अफर सार्वजनिक गरेको हो।

आइएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आइएमई पेका सेवाग्राहीहरूमाझ महान चाडपर्वको अवसरमा कृतज्ञता र उपहारस्वरूप समर्पण गरिएको जानकारी दिए ।

साथै आइएमई पेमार्फत टिकट खरिदमा समयको अनिश्चिततालाई ध्यानमा राखी सेवाग्राहीले आफ्नो हवाई टिकटलाई पूर्ण रूपमा फिर्ता गरेर आफ्नो लगानी सुरक्षित गर्न र आर्थिक नोक्सानको चिन्ताबिना आफ्नो यात्राको आनन्द लिन सक्छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।


क्लिकमान्डु