स्मार्टच्वाइस टेक्नोलोजिजको सीईओमा मनोज घिमिरे नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले आज मात्रै कम्पनीका अध्यक्ष श्री रविन कुमार नेपाल समक्ष पद तथा गोपनियताको
शपथ ग्रहण गरेका हुन् ।

उक्त शपथ ग्रहण कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरुको सहभागिता रहेको थियो । बैंक अफ एशिया (हालको एन आई सी एशिया बैंक) बाट आफ्नो बैकिङ्ग करियर सुरुवात गरेका घिमिरे यस भन्दा अघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिस्को रुपमा कार्यरत थिए ।

बैंकिङ्ग तथा डिजिटल भुक्तानी (कार्ड ,क्युआर मोबाइल बैंकिङ्ग) इत्यादि मा १५ वर्ष भन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई अझै उचाईमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताए ।

डिजिटल भुक्तानीको क्षेत्र वृद्धि हुने क्रममा रहेको र एससीटीले यो क्षेत्रमा पुर्याउन सक्ने योगदान धेरै रहेकोले आफु एससीटीको प्रमुख कार्यकारी अधिकृत भएर काम सुरु गर्न पाएकोमा निकै उत्साहित रहेको नवनियुक्त कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए।

बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर,मोबाइल बैंकिङ्ग र अन्तर बैंक भुक्तानीका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु